सानिमा बैंक र नेपाल प्रहरी अस्पताल महाराजगंजबीच आर्थिक सहयोग गर्ने बारे सम्झौता

३ बर्ष अगाडि

 काठमाडौं - सानिमा बैंक र नेपाल प्रहरी अस्पताल महाराजगंजबीच न्युन आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि आर्थिक सहयोग गर्ने बारे सम्झौता छ ।

सम्झौता अनुसार सानिमा बैंकले न्युन आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि वार्षिक चार लाख ८० हजार सहयोग उपलब्ध गराउने भएको छ । 

सानिमा बैंकले प्रत्येक नारी बचत खाता बापत बैंकको तर्फबाट मासिक १ को दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्दै आइरहेको छ । उक्त संकलित रकम नारी उत्थानका लागि खर्च गर्ने उदेश्यले नै बैंकले नेपाल प्रहरी अस्पतालसँग यो सम्झौता गरेको हो ।

नेपाल प्रहरी अस्पतालमा आयोजित कार्यक्रममा उक्त सम्झौता पत्रमा नेपाल प्रहरी अस्पतालका प्रहरी अतिरिक्त महानिरिक्षक डा आशा सिंह र सानिमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईले हस्ताक्षर गरेका हुन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया