एक कम्पनीको शेयर मूल्य नेप्सेमा समायोजन

३ बर्ष अगाडि

काठमाडौं - यो साता एक कम्पनीको मात्रै शेयर मूल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा समायोजन भएको छ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य समायोजन भएको हो । 

कम्पनीको १०० प्रतिशत हकप्रद शेयरपछि नेप्सेले प्रतिकित्ता २ सय ७१ रूपैयाँ ५० पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले आज आइतबारको अन्तिम कारोबार मूल्य ४ सय ४३ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

कम्पनीले चुक्ता पूँजी २६ करोड ७९ लाख ७ हजार ५ सय रुपैयाँ बराबरको १०० प्रतिशत अर्थात् १ः१ को अनुपातमा २६ करोड ७९ लाख ७ हजार ५ सय रूपैयाँ बराबरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड ९सेबोन० बाट असार १५ गते, बुधबार अनुमति पाएको थियो ।

कम्पनीले हकप्रद शेयर निष्कासन गर्नका लागि आरविवि मर्चेन्ट एण्ड बैंकिङ्ग लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया