एक कम्पनीको आईपीओसहित ४ कम्पनीको शेयर नेप्सेमा सूचिकृत, कुनको कति ?

३ बर्ष अगाडि

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यो साता एक कम्पनीको आईपीओसहित ४ कम्पनीको शेयर सूचिकृत भएको छ । जसमा आदर्श लघुवित्तको आईपीओ र नयाँ सारथी लघुवित्त, हाइड्रो इलेक्ट्रिसिटी साथै आइएमई जनरल इन्स्योरेन्सको बोनस शेयर सूचिकृत भएको हो । 

१. आदर्श लघुवित्त 
आदर्श लघुवित्त वित्तीय संस्थाको आईपीओ  नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको २ लाख ७ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले सर्वसाधरणलाई निष्कासन गरेको ६७ हजार कित्ता र संस्थापकहरुले लगानी गरेको १ लाख ४० हजार कित्ता गरी सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको हो ।

२. नयाँ सारथी लघुवित्त
नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेप्से मा सूचीकृत भएको छ । लघुवित्तको ४ लाख ८४ हजार ४१२.६० कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

लघुवित्तले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १९ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर आइतबार नेप्सेमा सूचकिृत भएको हो ।

३. हाइड्रो इलेक्ट्रिसिटी
नेप्सेमा हाइड्रो इलेक्ट्रिसिटी एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) को बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको १ करोड ४९ लाख ६० हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ का लागि वितरण गरेको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले ८ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । 

४. आइएमई जनरल इन्स्योरेन्स
आइएमई जनरल इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको १ करोड ५७ लाख ७० हजार ३१०.२ कित्ता बोनस शेयर सूचीकृत भएको हो । 

कम्पनीले आर्थिक वर्ष २०७७/७८ का लागि वितरण गरेको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले ७ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । 

३ बर्ष अगाडि

प्रतिक्रिया