काठमाडौं - गत आर्थिक वर्ष २०७८/०७९ मा सबैभन्दा धेरै कामदार वैदेशिक रोजगारीमा पठाउने म्यानपावर कम्पनीको पहिलो स्थानमा प्याराडाईज इन्टरनेशनल प्रालि रहेकोे छ ।
वैदेशिक रोजगार विभागले तयार पारेको गत वर्ष वैदेशिक रोजगारमा पठाउन अन्तिम श्रम स्वीकृति लिएका कम्पनीको सूचीमा ६ हजार ५५ जनाको श्रम स्वीकृति लिएको प्याराडाईज इन्टरनेशनल सूचीको पहिलो स्थानमा रहेको हो ।
उक्त कम्पनीले ४ हजार ९ सय २५ जना पुरूष र १ हजार १ सय ३० महिलालाई वैदेशिक रोजगारमा पठाउनका लागि श्रम स्वीकृति निकालेको छ ।
यस्तै ५ हजार ३ सय ९ जना पुरूष र ४ सय १५ महिला गरी ५ हजार ७ सय २४ जनाको श्रम स्वीकृति निकाल्दै एसओएस म्यानपावर सर्भिस प्रा।लि दोस्रो, ४ हजार १ सय ३१ पुरूष र ५७ महिलासहित ४ हजार १ सय ८८ जनाको श्रम स्वीकृति निकाल्दै अक्सफोर्ड इन्टरनेशनल प्रा.लि. सबैभन्दा बढी कामदार पठाउने म्यानपावरको तेस्रो स्थानमा परेको छ ।
प्रतिक्रिया