कर्णाली प्रदेशमा ५ हजार ५१३ जनाले लिए श्रम स्वीकृति

३ बर्ष अगाडि

काठमाडौं - श्रम रोजगार कार्यालय स्थापना भएसँगै कर्णाली प्रदेशमा ५ हजार ५१३ जनाले श्रम स्वीकृति लिएका छन् । कर्णालीमा २०७५ साल माघ महिनामा श्रम तथा रोजगार कार्यालय स्थापना भएको थियो ।
 
कार्यालय स्थापना भएको पहिलो आर्थिक वर्ष २०७५/०७६ मा ९२६ जनाले पुनः श्रम स्वीकृती लिएका थिए । त्यस्तै आर्थिक वर्ष ०७६/०७७ मा दुई हजार २६ जनाले पुनः श्रम स्वीकृति लिएका थिए भने आर्थिक वर्ष ०७७/०७८ मा श्रम स्वीकृति लिनेको ६७५ जना थियो ।

कोरोना महामारीका कारण यस वर्ष वैदेशिक रोजगारीमा जानेको संख्या कम भए पनि आर्थिक वर्ष २०७८/७९ मा भने यो संख्या बढेर एक हजार ८८६ जना पुगेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया