काठमाडौं - विभागको अभिलेखमा रहेको ८ सय ७२ म्यानपावर कम्पनीमध्ये करिब पाँच दर्जन म्यानपावर कम्पनीले गत आर्थिक वर्षमा एक जना पनि कामदार पाठाउन सकेनन् ।
कम्तीमा ५० लाख रूपैयाँको धरौटी र १ करोड ५० लाख रूपैयाँको बैंक ग्यारेन्टी पेश गरी इजाजतपत्र लिएका ६० म्यानपावर कम्पनी निष्क्रिय सरह देखिन्छन् ।
प्रतिशतका हिसाबले त्यो संख्या करिब ७ प्रतिशत देखिन्छ । दशभन्दा कम कामदार पठाउने म्यानपावर कम्पनीको संख्या करिब डेढ दर्जन छ ।
मन्त्रिपरिषद्को हालैको बैठकले वैदेशिक रोजगार ऐनको दफा ८२ अनुसार बाधा अड्काउ आदेश जारी गरेका कारणले उनीहरूको इजाजतपत्र भने खारेज हुनबाट जोगिएको छ ।
प्रतिक्रिया