कोरियाको विदेशी मुद्रा सञ्चितिमा कमी

३ बर्ष अगाडि

एजेन्सी - गत महिना दक्षिण कोरियाको विदेशी मुद्रा सञ्चितिमा कमी आएको त्यहाँको केन्द्रीय बैंकले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्कमा देखिएको छ ।

बैंक अफ कोरियाका अनुसार जून महिनाको अन्तमा विदेशी मुद्राको सञ्चिति ८७.०६ अर्ब अमेरिकी डलर थियो । यो मे महिनाको तुलनामा २।११ अर्ब डलरले कमी हो ।

कम्पनीहरूको स्वामित्वमा रहेको विदेशी मुद्रा निक्षेप एक महिना पहिलेको तुलनामा १.३४ अर्ब डलरले घटेर ७२.५७ अर्ब डलर पुगेको छ ।

डलरमा आएको वृद्धिपछि कोरियालीहरूले अमेरिकी डलर कोषबाट ७७ करोड अमेरिकी डलर अफलोड गर्दा उक्त सञ्चिति घटेर १४.४९ अरब अमेरिकी डलर पुगेको छ ।

जूनमा प्रति डलर १२८०.८० रहेको कोरियाली वोनमा भने अघिल्लो महिनाको तुलनामा १२।४ वनले वृद्धि भएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया