काठमाडौं - सिन्धु विकास बैंकले मर्जरमा जाने ढोका खुला गरेको छ । काभ्रेको धुलिखेलमा शुक्रबार सम्पन्न बैंकको १२ औँ वार्षिक साधारणसभाले मर्जरमा जाने ढोका खुला गरेको हो ।
सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जाने विशेष प्रस्ताव अनुमोदन गरेको छ । यो प्रक्रिया अगाडि बढाउन आवश्यक सम्पूर्ण गतिविधि तथा कार्य गर्ने पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गरिएको छ ।
सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका सम्पूर्ण दस्तावेजहरु अनुमोदन गरेको छ ।
सभाले सर्वसाधारण समूहका तर्फबाट आगामी ४ वर्षका लागि सञ्चालकहरुमा सञ्जीव प्रधान, समीर कक्षपती र वसन्तकुमार कटुवाललाई निर्विरोध निर्वाचित गरेको छ ।
प्रतिक्रिया