सानिमा बैंकको वित्तीय विवरण सार्वजनिक : खुद ब्याज आम्दानी सामान्य बढे पनि सञ्चालन मुनाफा घटेसँगै नाफा घट्न पुग्यो

३ बर्ष अगाडि

काठमाडौं -  सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले २ अर्ब २९ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १.०७ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ३१ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी सामान्य बढेपनि सञ्चालन मुनाफा घटेसँगै बैंकको नाफा घट्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.३५ प्रतिशत र खुद फि तथा कमिसन आम्दानी ३.६३ प्रतिशत बढेको छ । 

त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी ५.५७ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १.७६ प्रतिशत घटेको छ । खुद ब्याज आम्दानी बढेपनि खर्च बढेका कारण सञ्चालन मुनाफा घट्न पुगेको हो । असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ४६ करोड ९९ लाख रुपैयाँ रहेको छ ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी ९ईपीएस० पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३ रुपैयाँ ७० पैसा घटेर २० रुपैयाँ २४ पैसामा झरेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १३.६३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५१ रुपैयाँ १ पैसा रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया