काठमाडौं, पछिल्लो २४ घण्टामा ४५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा भएको २ हजार १६८ पीसीआर परीक्षण गर्दा ३८४ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी, १ हजार ६७० एन्टिजेन परीक्षण गर्दा ७२ जनामा कोरोना पुष्टि भएको हो ।
शुक्रबार कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।
यस्तै, सोहि अवधिमा संक्रमण मुक्त हुनेको संख्या भने ८० रहेको मन्त्रालयले जनाएको छ । हाल देशभरमा २ हजार ८४१ जना सक्रिय संक्रमित छन् ।
प्रतिक्रिया