कर्जा प्रवाहमा कडाइ,साना र घरेलु उद्योगलाई विशेष प्राथमिकता

३ बर्ष अगाडि

काठमाडौं- चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्ने कार्यक्रम सुरु भएको छ। 

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्दैछन्।  चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत कर्जा प्रवाहमा कडाइ गरिने नीति लिइएको छ।

गभर्नर अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्दै कर्जा प्रवाहमा कडाइ गरिने जानकारी गराएका हुन्। उनले कर्जालाई उत्पादनशील क्षेत्रमा प्राथमिक दिइने कार्यदिशा लिइएको बताए। ‘कोभिडका बेला उपलब्ध गराइएको सहुलितपूर्ण कर्जामा कटौती गर्दै लगिनेछ’, उनले भने, ‘कृषिलगायतका उत्पादनशील क्षेत्रमा मात्रै कर्जा उपलब्ध गराइनेछ। साना र घरेलु उद्योगलाई कर्जा प्रवाहमा विशेष प्राथमिकता दिइनेछ।’ 

३ बर्ष अगाडि

प्रतिक्रिया