काठमाडौं, श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको आईपीओमा करिब ११ लाखको आवेदन परेको छ ।
सिडिएस एण्ड क्लियरिङ्गका अनुसार शुक्रबार १ः३३ बजेसम्ममा १० लाख ९२ हजार ९७८ आवेदनबाट एक अर्ब २५ करोड ८२ लाख १५ हजार रुपैयाँ बराबरको एक करोड २५ लाख ८२ हजार १५० कित्ता शेयरको लागि आवेदन परेको हो । यो सर्वसाधारणलाई छुट्टाएको २२ लाख ७० हजार २५ कित्ताको ५.५४ गुणा बढी हुन आउँछ ।
कम्पनीले साउन ४ गतेदेखि जारी पूँजी १ अर्ब ५९ करोड ३० लाख रुपैयाँको १५ प्रतिशतले हुन आउने २३ लाख ८९ हजार ५०० कित्ता साधारण शेयर निष्कासनमा ल्याएको हो ।
जसमध्ये ५ प्रतिशत अर्थात १ लाख १९ हजार ४७५ कित्ता शेयर सामुहिक लगानी कोषहरुलाई बाँडफाँट गरिनेछ । भने सर्वसाधारणले बाँकी रहने २२ लाख ७० हजार २५ कित्ता साधारण शेयरका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको शेयरमा पहिलो दिन मै माग भन्दा बढी आवेदन परेकोले साउन ८ गतेसम्म मात्रै आवेदन खुला रहनेछ ।
आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै, मेरोशेयर वेब तथा मोबाइल एपमार्फत पनि आवेदन दिन सकिनेछ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।
लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया