काठमाडौं - एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड १७ वर्ष पूरा गरी १८ वर्षमा प्रवेश गरेको छ ।
बैंकले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा साउन ५ गतेका दिन बिरामीहरुको उपचारमा सहयोग पुर्याउने उद्देश्यले बैंकको केन्द्रीय कार्यालय रहेको स्थान झापाको बिर्तामोडमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा विभिन्न शुभेच्छुक व्यक्ति, संघसंस्थाका पदाधिकारी र बैंकका कर्मचारीबाट ५३ पिन्ट रगत संकलन गरी रेडक्रस सोसाइटी उपशाखा बिर्तामोडलाई प्रदान गरिएको बैंकले जनाएको छ ।
आज वार्षिकोत्सवका दिन बिहान ७.०० बजे बैंकको केन्द्रीय कार्यालयमा विभिन्न वित्तीय चेतनामूलक प्लेकार्डहरुसहित प्रभातफेरी कार्यक्रम सम्पन्न गरिएको बैंकले जनाएको छ ।
बैंकले हाल झापा, इलाम, मोरङ, सुनसरी र पॉचथरका विभिन्न ४४ स्थानमा रहेका शाखा कार्यालयमार्फत ग्राहकलाई बैंकिङ सेवा प्रदान गरिरहेको छ ।
प्रतिक्रिया