शुक्रबार दुई घण्टाको कारोबारमा यी १० कम्पनीको सर्वाधिक कारोबार, कुनको कति ?

३ बर्ष अगाडि

साताको अन्तिम कारोबारको दिन (शुक्रबार) शेयरु बजार दोहोरो अंकले ओरालो लागेको छ । 

८ दिन लगातार बढेर अघिल्लो कारोबार दिन अर्थात बिहीबार ५.७८ अंक घटेर २०४४.७२ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सेचञ्ज (नेप्से) परिसुचक आज २७.२६ अंकले घटेर २०१७.४६ को बिन्दुमा झरेको छ । 

नेप्सेमा सूचीकृत २१२ कम्पनीको ३३ लाख २० हजार ५१२ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४४ करोड रुपैयाँ माथिको कारोबार भएको छ ।

सो रकम बराबरको कारोबार हुँदा सर्वाधिक शिवम् सिमेन्ट्सको २१ करोड रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, हिमालय डिस्टिलरीको ६ करोड ८० लाख, गोर्खाज फाइनान्सको ४ करोड ९५ लाख, नेपाल पुनर्बीमा कम्पनीको ३ करोड ८३ लाख र अरुण काबेली पावरको ३ करोड ४२ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया