करिब दुई महिना सम्म अस्थीर रहेको एशियाली सेयरबजार बढ्यो

३ बर्ष अगाडि

एजेन्सी - करिब दुई महिना सम्म अस्थीर रहेको एशियाली सेयरबजार बढेको छ ।

बिहीबार युरोपियन केन्द्रीय बैंकले ११ वर्षमा पहिलो पटक औसत ब्याज दर ०.५ प्रतिशतले वृद्धि गरेपछि एशियाली सेयरबजारमा हरियाली छाएको हो ।

जापानी सेयर सूचांक निकेइ ०.२४ प्रतिशतले बढेको छ । यसैगरी जापान बाहिरको एशिया–प्यासिफिक क्षेत्रको बृहत सेयर सूचांक एमएससीआई ०.०३ प्रतिशतले बढेको छ । दुई महिना निरन्तर ओरालो लागेको एमएससीआई यो साता बढेको छ ।

यसैगरी युरोपियन केन्द्रीय बैंकले औसत ब्याज दर बढाएपछि १ः१ को अनुपातमा रहेको युरो र डलर आज १ डलर बराबर १.०१९ युरोमा विनिमय भएको छ ।

यसैगरी हङकङको ह्याङसेङ सूचांक ०.१४ प्रतिशतले बढेको छ । यसैगरी नास्डाक फ्युचर्स ०.६८ प्रतिशतले बढेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया