काठमाडौं - नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति पनि भर्चुअल माध्यमबाट सार्वजनिक गर्ने भएको छ।
पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढ्न थालेको भन्दै राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति पनि भर्चुअल माध्यमबाट सार्वजनिक गर्ने भएको हो ।
राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टका अनुसार आज अपराह्न ४ बजे मौद्रिक नीति भर्चुअल (अनलाइन माध्यम) बाट सार्वजनिक गरिनेछ ।
अपराह्न ४ बजेदेखि गभर्नरले मौद्रिक नीति पढ्नेछन् । अपराह्न ५ बजेदेखि भर्चुअल माध्यमबाटै सञ्चारकर्मीहरुसँग मौद्रिक नीतिका विषयमा अन्तरक्रिया गरिने कार्यक्रम रहेको बताइएको छ ।
प्रतिक्रिया