काठमाडौं - प्रभु बैंक लिमिटेड र हेफर इन्टरनेसनल नेपालबीच युवा तथा महिला उद्यमी र साना किसानलाई सुलभ वित्तीय कर्जा उपलब्ध गराउने विषयमा सम्झौता भएको छ ।
हेफर इन्टरनेसनल एसियाका वरिष्ठ कार्यक्रम निर्देशक निना जोशीको उपस्थितिमा बिहीबार (साउन ५ गते) आयोजित एक कार्यक्रमबीच बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र हेफर नेपालका तर्फबाट राष्ट्रिय निर्देशक डा. शुभ नारायण महतोले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
कृषि तथा पशुपालनसम्बन्धी क्षेत्रहरु जस्तै– बाख्रापालन, गाईपालन तथा तरकारीको मूल्य शृंखलामा संलग्न युवा तथा महिला उद्यमी र साना किसानलाई सहज ढंगले वित्तीय कर्जा उपलब्ध गराउन बैंक र हेफर इन्टरनेसनल नेपालबीच उक्त सम्झौता भएको छ ।
यस साझेदारीको मुख्य उद्देश्य, युवा तथा महिला उद्यमी र साना किसानको व्यवसाय विकास र विस्तारमा केन्द्रित गर्ने रहेको छ ।
प्रतिक्रिया