प्रि ओपन सेसनमा करिब २ अंकले बढ्यो नेप्से, १६ कम्पनी कारोबारमा

३ बर्ष अगाडि

काठमाडौं- साताको अन्तिम कारोबार दिन (शुक्रबार)  प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात बिहीबार ५.७८ अंक घटेर २०४४.७२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.९० अंक बढेर २०४६.६२ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०९ अंक बढेको छ।

शुक्रबार प्रि ओपन सेसनमा १६ स्टकको ३ लाख ३० हजार ९८१ रुपैयाँ बराबरको ७१५ कित्ता शेयर खरिदबिक्री भएको छ। सोमध्ये १० स्टकको मूल्य बढेको छ भने १ स्टकको मूल्य घटेको छ र ३ स्टकको मूल्य स्थिर रहेको छ।

३ बर्ष अगाडि

प्रतिक्रिया