साताको अन्तिम कारोबारको दिन (शुक्रबार) स्पेशल प्रि ओपन सेसनमा आदर्श लघुवित्त वित्तीय संस्थाको पहिलो कारोबार भएको छ। यस दिन सो सेसनमा लघुवित्तको शेयर प्रतिकित्ता २५६ रुपैयाँ ८० पैसामा पहिलो कारोबार भएको हो।
लघुवित्तको २ लाख ७ हजार कित्ता शेयर साउन २ गते, सोमबार नेप्सेमा सूचीकृत भएको थियो। लघुवित्तले सर्वसाधरणलाई निष्काशन गरेको ६७ हजार कित्ता र संस्थापकहरुले लगानी गरेको १ लाख ४० हजार कित्ता गरी सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको थियो। यस अनुसार मंगलबारदेखि लघुवित्तको शेयर कारोबार हुनु पर्ने थियो।
तर, कारोबार म्याचिङ्ग नभएका कारण पछिल्ला ३ कारोबार दिनदेखि लघुवित्तको कारोबार हुन सकेको थिएन। त्यसले लघुवित्तको पहिलो कारोबार यस दिनको स्पेशल प्रि ओपन सेसनमा सरेको हो।
नेप्सेले लघुवित्तको शेयरलाई न्युनतम १२२ रुपैयाँ ८८ पैसादेखि अधिकतम ३६८ रुपैयाँ ६४ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको थियो। कम्पनीको शेयरलाई नेप्सेले एडीएलबी कारोबार संकेत प्रदान गरेको छ।
प्रतिक्रिया