सय कामदार पठाउन नपाएका म्यानपावर कम्पनीको इजाजत नवीकरण गर्ने मन्त्रिपरिषद्को निर्णय

३ बर्ष अगाडि

काठमाडौं -  गत असार मसान्तसम्म एक सय जना कामदार पठाउन नपाएका म्यानपावर कम्पनीको इजाजत नवीकरण गर्ने मन्त्रिपरिषद्को निर्णय नेपाल राजपत्रमा सार्वजनिक भएको छ ।  

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रस्तावमा म्यानपावर नवीकरणसम्बन्धी वैदेशिक रोजगार ऐनको व्यवस्था कार्यान्वयन गर्न मन्त्रिपरिषद्ले जारी गरेको दफा ८२ अन्तर्गतको आदेश साउन ५ गते बुधबार सार्वजनिक भए पनि नेपाल राजपत्रमा भने उक्त सूचना असार ३१ गतेकै मितिमा प्रकाशित भएको उल्लेख छ ।

 उक्त सूचना राजपत्रको खण्ड ७२ अतिरिक्ताङ्क १६ मा २०७९ असार ३१ गतेकै मितिमा प्रकाशित भएको हो । नेपालको कानूनी व्यवस्था अनुसार कुनै कानून वा सूचना राजपत्रमा प्रकाशित भएको मितिदेखि कार्यान्वयनमा आउने गरेको छ । 

राजपत्रमा असार ३१ गते नै सूचना प्रकाशित भएकोले गत असार ३१ गतेसम्म वैदेशिक रोजगार विभागमा नवीकरणका लागि निवेदन दर्ता गरेका म्यानपावर कम्पनीहरुले दश हजार रुपैयाँमा नै नवीकरण गर्न पाउने छन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया