काठमाडौं - महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा १० करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो ।
विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको खुद नाफा सामान्य बढेको छ । उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.७१ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ९ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १९।५० प्रतिशत बढेको छ भने अन्य सञ्चालन आम्दानी ५५.५८ प्रतिशत बढेको छ । त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी २२.४९ प्रतिशत र सञ्चालन मुनाफा २५.७८ प्रतिशत बढेको छ ।
खुद नाफा बढेपनि लघुवित्तको प्रतिशेयर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ५ रुपैयाँ ३१ पैसा घटेर ३८ रुपैयाँ ४८ पैसामा सीमित भएको छ। सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३०.०१ गुणा रहेको छ भन प्रतिशेयर नेटवर्थ २०३ रुपैयाँ ५६ पैसा रहेको छ ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी २६ प्रतिशत बढेको छ भने जगेडा कोष १७.८२ प्रतिशत बढेको छ । त्यसैगरी, लघुवित्तको सापटी ४४.९९ प्रतिशत, निक्षेप २७.१५ प्रतिशत र कर्जा ३८.३४ प्रतिशत बढेको छ ।
प्रतिक्रिया