सूर्या लाईफसँग मर्जरको सम्झौता गरेको ज्योती लाईफले बोलायो विशेष साधारण सभा, के छ मुख्य एजेण्डा ?

३ बर्ष अगाडि

काठमाडौं - ज्योती लाईफ इन्स्योरेन्सले विशेष साधारण सभा बोलाएको छ । सूर्या लाईफसँग मर्जरको सम्झौता गरेको उक्त इन्स्योरेन्सले साउन २४ गते विशेष साधारण सभा बोलाएको हो । 

विशेष साधारण सभामा मर्जर समितिबाट तयार पारिएको सम्झौताको मस्यौदा अनुमोदन गर्ने, मर्जरका लागि संचालक समिति र मर्जर समितिलाई अख्तियारी प्रत्यायोजन गर्ने र मर्जरको लागि सम्पत्ति तथा दायीत्वको मूल्याङ्कन (डिडिए) नियुक्त गर्ने अख्तियारी प्रदान गर्ने एजेण्डा पेश गरिदैंछ ।

साथै कम्पनीले हाल कायम रहेको शेयर संरचनालाई समेत परिवर्तन गर्ने प्रस्ताव साधारण सभाबाट अनुमोदनको लागि पेश गर्दैछ । हाल कायम ७०स्३० को शेयर स्वामित्व संरचनालाई ५१स्४९ मा झार्ने प्रस्ताव गरिएको छ । अर्थात् संस्थापक चुक्ता पूँजीको १९ प्रतिशत शेयर संस्थापकबाट साधारण शेयरमा रुपान्तरण गरिनेछ ।

३ बर्ष अगाडि

प्रतिक्रिया