एजेन्सी - मुद्रास्फीति नियन्त्रण गर्न युरोपियन केन्द्रीय बैंकले ब्याजदर बढाउने भएको छ ।
युरोपियन केन्द्रीय बैंक मुद्रास्फीति नियन्त्रण गर्न औसत ब्याज दर बढाउन तयार भएपछि मूल्यवृद्धि नियन्त्रण गर्न औसत ब्याज दर बढाउने अमेरिका, बेलायत, क्यान्डा लगायतका देशहरुको समूहमा युरोपियन केन्द्रीय बैंकले प्रवेश गरेको हो ।
युरोपियन केन्द्रीय बैंकको आज बसेको बैठकमा ०.२५ प्रतिशत र सेप्टेम्बर महिनामा थप आक्रामक भई ब्याज दर बढाउने तयारी गरेको संकेत गरेको छ । रुस युक्रेन युद्धबाट प्रभावित बनेको युरोपमा खाद्य पदार्थको मूल्य जुन महिनामा १.५७ प्रतिशतले बढेर ११.५७ पुगेको छ । मुद्रास्फीति दर ९।६० प्रतिशत रहेको छ।
मुद्रास्फीति नियन्त्रण गर्न अर्थशास्त्री तथा वरिष्ठ कर्मचारीहरुले ०.५ प्रतिशतले औसत ब्याज बढाउनु पर्ने सुझाव दिएका छन् । उनीहरुले अरु देशहरुले मुद्रास्फीति नियन्त्रण गर्न औसत ब्याज दर बढाइरहेका छन्, युरोपियन युनियनले पनि ढिला नगरी औसत ब्याज दर बढाउनु पर्ने सुझाएका छन् ।
प्रतिक्रिया