मौद्रिक नीति सार्वजनिक आज

३ बर्ष अगाडि

काठमाडौं - नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ०७९/८० को मौद्रिक नीति आज सार्वजनिक गर्दैछ ।

मौद्रिक नीति सार्वजनिक गर्नुअघि बिहान ८ बजे राष्ट्र बैंक सञ्चालक समितिको बैठक डाकिएको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले जानकारी दिएका छन् ।  

समितिले पारित गरेपछि मौद्रिक नीति सार्वजनिक गर्नेछ । राष्ट्र बैंकको अनुसन्धान विभागले प्रस्ताव गरेको चालू आर्थिक वर्षको मौद्रिक नीति व्यवस्थापन समितिले पारित गरिसकेको छ।

गभर्नर महाप्रसाद अधिकारीले हिजो (बिहीबार) अर्थ मन्त्रालयसमेत सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई मौद्रिक नीतिका विषयमा ब्रिफिङ गरेका थिए । 

३ बर्ष अगाडि

प्रतिक्रिया