काठमाडौं - कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको खुद नाफा उल्लेख्य बढेको छ ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले १२ करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३२.७२ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ५ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १.१३ प्रतिशत बढेको छ भने अन्य सञ्चालन आम्दानी २४।३२ प्रतिशत र कुल सञ्चालन आम्दानी ५.१४ प्रतिशत बढेको छ । अघिल्लो आर्थिक वर्षको चैत मसान्तसम्ममा २ करोड ६० लाख रुपैयाँ ऋणात्मक रहेको लघुवित्तको सञ्चालन मुनाफा गत आर्थिक वर्षको सोही अवधिसम्ममा ८ करोड ९२ लाख रुपैयाँ धनात्मक भएको छ ।
त्यसैगरी, सो अवधिसम्ममा लघुवित्तले ११ करोड ४८ लाख रुपैयाँ खराब कर्जा उठाएको छ । खुद नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २१ रुपैयाँ १८ पैसा बढेर ४१ रुपैयाँ ७ पैसा पुगेको छ ।
सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात २९.१९ गुणा रहेको छ भन प्रतिशेयर नेटवर्थ १७२ रुपैयाँ ६८ पैसा रहेको छ ।
प्रतिक्रिया