काठमाडौं - नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा १ अर्ब २ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो ।
विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा बढेको छ । उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.५३ प्रतिशत बढी हो ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ८३ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र खुद फि तथा कमिशन आम्दानी बढेसँगै बैंकको नाफा बढ्न पुगेको हो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४१.२० प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी ३९८.१९ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको खुद सञ्चालन आम्दानी ४१.७२ प्रतिशत र सञ्चालन मुनाफा २३.१४ प्रतिशत बढेको छ । असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ८० करोड ८५ लाख रुपैयाँ रहेको छ ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि थोरै बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५६ पैसा बढेर ४ रुपैयाँ ७५ पैसा पुगेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ५०.५२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १०८ रुपैयाँ ४ पैसा रहेको छ ।
समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ८ प्रतिशत बढेको छ भने जगेडा कोष २७।६८ प्रतिशत घटेको छ । त्यसैगरी, बैंकको निक्षेप १५.०६ प्रतिशत र कर्जा ५८२.८९ प्रतिशत बढेको छ ।
प्रतिक्रिया