बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्षको तीन साताभित्र विवरण प्रकाशित गर्नुपर्ने

३ बर्ष अगाडि

बैंक तथा वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण ३ साताभित्र प्रकाशित गर्नुपर्ने भएको छ।

नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको वित्तीय विवरण साउन २१ गतेभित्र प्रकाशित गर्न निर्देशन दिएको छ।

गत आर्थिक वर्षमा साउनभरीको समय दिएकोमा यस वर्ष आर्थिक वर्ष सकिएको २१ दिनभित्र वित्तीय विवरण प्रकाशित गर्न निर्देशन दिएको हो।

बैंक तथा वित्तीय संस्थाले चौथो त्रैमास बाहेकका अन्य त्रैमासको वित्तीय विवरण ७ दिनभित्र प्रकाशित गर्नुपर्ने व्यवस्था छ।

३ बर्ष अगाडि

प्रतिक्रिया