गुराँस लाइफले एकै दिन दियो २६ लाखको मृत्यु दावी भुक्तानी

३ बर्ष अगाडि

गुराँस लाइफ इन्स्योरेन्स क.लि.ले एकै दिन दुई वटा मृत्यु दाबी भुक्तानी गरेको छ । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत  विपिन कुमार लाल ज्यूले रौतहट,देवाही गोनाही नगरपालिका वडा नं.०१ बस्ने, श्री शेष अनसारुल हक को मृत्यु दावी वापतको रकम उहाँको इच्छाइएको व्यक्ति निजको श्रीमती समसा खातुन लाई मृत्यु दावी वापतको तेह्र लाख चेक हस्तान्तरण गरेका छन् । 

साथै तेह्रथुम जिल्ला, फेदाप गाउँपालिका वडा नं. ०२ बस्ने, वर्ष ३५ को हेमराज लिम्बुको मृत्यु दावी वापतको रकम उनको हकवाला कौशिला लिम्बुलाई मृत्यु दावी वापत रकम तेह्र लाखको चेक हस्तान्तरण गरेका छन् । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत विपिन कुमार लालले बीमा समितिले आ.व. २०७८/०७९ लाई बीमा दावी भुक्तानी बर्ष घोषित गरेको र सोही अनुरुप कम्पनीले आ.व. २०७८/०७९ मा दर्ता भएका सम्पुर्ण मृत्यु दावी फछ्र्यौट गरि सो आ.व मा मृत्यु दावी भुक्तानी गर्न बाँकी नरहेको जानकारी गराए ।  साथै यस आ.व. मा पनि सोही अभियानलाई निरन्तरता दिने प्रतिवद्धता समेत व्यक्त गरे । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया