पछिल्लो २४ घण्टामा ४३५ जनामा संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या २५ सय नाघ्यो

३ बर्ष अगाडि

काठमाडौं- पछिल्लो २४ घण्टामा ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा भएको १ हजार ६६७ पीसीआर परीक्षण गर्दा ३१७ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी, १ हजार ९०२ एन्टिजेन परीक्षण गर्दा ११८ जनामा कोरोना पुष्टि भएको हो ।

बिहीबार कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।  

यस्तै, सोहि अवधिमा संक्रमण मुक्त हुनेको संख्या भने ५६ रहेको मन्त्रालयले जनाएको छ । हाल देशभरमा २ हजार ५३७ जना सक्रिय संक्रमित छन् ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया