लगातार ८ दिनको वृद्धिपछि सामान्य अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

३ बर्ष अगाडि

काठमाडौं, साताको पाँचौ कारोबारको दिन शेयर बजार सामान्य अंकले घटेको छ । पछिल्लो ८ कारोबारको दिन १३४.९८ अंकले बढेको नेपाल स्टक एक्सेचञज (नेप्से) परिसुचक आज ५.८७ अंकले घटेर २०४४.७२ को बिन्दुमा झरेको छ । 

यस दिन २२५ स्टकको २७ हजार ५२२ पटकको कारोबारमा १ अर्ब ६४ करोड २६ लाख ४८ हजार रुपैयाँ बराबरको ३९ लाख ८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा यस दिन पनि शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १७ करोड ८० लाख १ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन साढे ४ अर्बभन्दा बढी नाफा कमाएको वित्तीय विवरण प्रकाशित गरेको एनआईसी एशिया बैंकको यस दिन ११ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

बिहीबार सेन्ट्रल फाइनान्सको शेयरमूल्य सर्वाधिक ३.१६ प्रतिशत बढेको छ। त्यसैगरी, जनउत्थान सामुदायिक लघुवित्त, नेशनल माइक्रोफाइनान्स र गुराँस लघुवित्तको शेयरमूल्य २ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन किसान लघुवित्तको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ। त्यस्तै, साधना लघुवित्तको शेयरमूल्य यस दिन करिब साढे ४ प्रतिशत घटेको छ।

यस दिन १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक १.०९ प्रतिशत बढेको छ भने बैंकिङ्ग उपसमूहको ०.१७ प्रतिशत बढेको छ। कारोबारमा आएको लगानी, जीवन बीमा र व्यापार उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटेको छ।

३ बर्ष अगाडि

प्रतिक्रिया