आगामी आर्थिक वर्ष भित्र ५० प्रतिशत परिवारलाई स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गराइने

३ बर्ष अगाडि

काठमाडौं - स्वास्थ्य बीमा बोर्डले वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बोर्डले स्वास्थ्य बीमा कार्यक्रमलाई आगामी आर्थिक वर्ष भित्र ५० प्रतिशत परिवारलाई स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गराइने जनाएको छ ।

चालु आर्थिक वर्ष २०७९/८० भित्र कार्यक्रममा आवद्ध परिवार संख्या ३३ प्रतिशतबाट बढाएर ५० प्रतिशतमा पुर्याइने लक्ष्य लिएको हो । नेपाल सरकारको १५ औं योजना अवधिमा ६० प्रतिशत परिवारलाई स्वास्थ्य बीमामा आवद्ध गर्ने लक्ष्य अनुसार विस्तार गर्न बाँकी रहेका ७ वटा स्थानीय तहमा समेत कार्यक्रम विस्तार गर्ने बोर्डको तयारी छ ।

हालसम्म ४५० वटा प्राथमिक स्वास्थ्य केन्द्र, आधारभूत अस्पताल, प्रादेशिक अस्पताल, संघीय अस्पताल, स्वास्थ्य विज्ञान प्रतिष्ठान, मेडिकल कलेज र निजी अस्पतालहरूसँग सम्झौता गरी नागरिकलाई सेवा प्रदान भइरहेको बोर्डले जनाएको छ । 

यस कार्यक्रममा हालसम्म करिब १७ लाख ४३ हजार ४७ परिवार अर्थात ३२.१४ प्रतिशत र करिब ५६ लाख ५७ हजार ७२५ अर्थात २१.३५ प्रतिशत नागरिक आवद्ध भएका छन् ।


 

३ बर्ष अगाडि

प्रतिक्रिया