एलन मस्कद्धारा बिटक्वाइनको ७५ प्रतिशत होल्डिङ बिक्री

३ बर्ष अगाडि

एजेन्सी - एलन मस्कको कम्पनी टेस्लाले क्रिप्टोकरेन्सीको होल्डिङ बेचेको छ । गत वर्ष नै कम्पनीले बिटक्वाइनमा ठूलो लगानी भएको जानकारी दिएको थियो ।

कम्पनीले बिटक्वाइनको ७५ प्रतिशत होल्डिङ  गरेको जनाएको छ । जुन २०२१ को अन्त्यमा करिब २ अर्ब डलरको थियो ।

यस वर्ष क्रिप्टोकरेन्सीको मूल्य ५० प्रतिशतभन्दा बढीले घटेको छ । टेस्लाले बिटक्वाइन बिक्रीबाट ९६.६ करोड डलर ट्रेडिस्नल करेन्सी किनेको जनाएको छ । 

गत वर्ष नोभेम्बरमा बिटक्वाइनको मूल्य करिब ७५ हजार डलर थियो । यो स्तरबाट खसेपछि बिटक्वाइन आज करिब २५ हजार डलरमा कारोबार भइरहेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया