प्रि ओपन सेसनमा साढे २ अंकले बढ्यो नेप्से,१ हजार ५१५ कित्ता शेयर खरिदबिक्री

३ बर्ष अगाडि

काठमाडौं- साताको पाँचौ कारोबारको दिन (बिहीबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे २ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार ४.८९ अंक बढेर २०५०.५९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.३६ अंक बढेर २०५२.९५ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.५८ अंक बढेको छ।

बिहीबार प्रि ओपन सेसनमा ९ स्टकको ११ लाख ३२ हजार ९५३ रुपैयाँ ५० पैसा बराबरको १ हजार ५१५ कित्ता शेयर खरिदबिक्री भएको छ। सोमध्ये ६ स्टकको मूल्य बढेको छ भने ३ स्टकको मूल्य घटेको छ।

३ बर्ष अगाडि

प्रतिक्रिया