जनार्दन शर्माको बयान : बजेट निर्माणमा बाहिरी व्यक्तिको संलग्नता थिएन

३ बर्ष अगाडि

काठमाडौं - निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थि वर्षको बजेट निर्माण प्रक्रियामा अनधिकृत व्यक्तिको संलग्नता नरहेको बयान दिएका छन् । 

संसदीय छानबिन विशेष समितिको आज बसेको बैठकमा शर्माले यस्तो बयान दिएका हुन् । अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गराएर करको दर हेरफेर गरेको भन्ने आरोपको खण्डन गरेका उनले बजेट निर्माण प्रक्रियामा बाहिरी व्यक्तिको संलग्नता नरहेको बयान दिएको समितिको एक सदस्यले बताए ।

समितिले यसअघि मन्त्रालयका अधिकारी तथा कर्मचारीहरुसँग पनि सोछपुछ गरिसकेको छ । तर, उनीहरुले शर्माविरुद्ध बयान दिएका छैनन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया