काठमाडौं - नेपालको पासपोर्ट विश्वकै कमजोर सूचीमा परेको छ ।
लन्डनको हेन्ली कम्पनीको अध्ययन ‘पासपोर्ट इन्डेक्स’बाट नेपालको पासपोर्ट विश्वकै कमजोर सूचीमा राखिएको हो ।
यो अध्ययन संसारका कति मुलुकले भिसाबिनै (भिसा फ्री स्कोर) ती मुलुकमा प्रवेश गर्न दिन्छन् भन्ने आधारमा गरिएको थियो। सोहीअनुसार यो सूची तयार पारिएको हो ।
नेपालीको पासपोर्टले ३८ वटा मुलुकको मात्र भ्रमण गर्न मिल्छ । अध्ययनले नेपाली पासपोर्टलाई १०६औँ स्थानमा राखिएको छ । गत वर्ष नेपालको पासपोर्ट १०९औँ स्थानमा रहेको थियो ।
संसारभरिका पासपोर्टको एक सर्वेक्षणले जापानको राहदानी सबैभन्दा बलियो देखाएको छ । जापानको पासपोर्टवाहकले भिसा नलगाई संसारका १९३ मुलुकको भ्रमण गर्न पाउँछन् ।
प्रतिक्रिया