नेपाल लाइफको ५ लाख ९६ हजार बढी कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

३ बर्ष अगाडि

काठमाडौं - नेपाल लाइफ इन्स्योरेन्सको ५ लाख ९६ हजार बढी कित्ता सेयर आजदेखि लिलामीमार्फत बिक्रीमा राखिएको छ । कम्पनीको ५ लाख ९६ हजार ९२१ कित्ता सेयर लिलामीमा राखिएको हो ।

लिलामीमा राखिएको सेयर न्यूनतम मूल्य प्रतिकित्ता ७०० रुपैयाँ तोकिएको छ । यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ ।

लिलामी सेयरमा विद्यमान संस्थापक सेयरधनीका साथै अन्य जोकोही व्यक्ति, कम्पनी तथा संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन् । बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ता वा अधिकतम सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ । 

यो लिलामी सेयरको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । यी लिलामी सेयरमा साउन १९ गतेसम्म बोलपत्र पेस गर्न सकिनेछ। 

लगानीकर्ताले काठमाडौंको नक्सालस्थित ग्लोबल आइएमई क्यापिटलको कार्यालयका साथै ग्लोबल आइएमई बैंकका शाखाहरु बिर्तामोड, विराटनगर, जनकपुर, वीरगन्ज, हेटौँडा, नारायणगढ पोखरा, बुटवल, बागलुङ, नेपालगन्ज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगरबाट खरिद आवेदन दिन सक्नेछन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया