संस्थापकहरुबाट निवेदन नपरेपछि नेशनल माइक्रोफाइनान्सको १२ हजार ७ सय ९७ कित्ता संस्थापक सेयर अन्यका लागि बिक्रीमा

३ बर्ष अगाडि

काठमाडौं - नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ । 

संस्थाका केही संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको १२ हजार ७ सय ९७ कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले संस्थाले उक्त सेयरहरू बिक्री गर्न लागेको हो ।

संस्थाले यसअघि एक सूचना जारी गर्दै बैंकका विद्यमान संस्थापक शेयरधनीहरुलाई ३५ दिनभित्र उक्त सेयर खरीद गर्न आह्वान गरेकोमा संस्थापकहरुबाट कुनै पनि निवेदन प्राप्त नभएकाले अब अन्य इच्छुक व्यक्ति वा संस्थालाई उक्त सेयर बिक्री गर्न लागेको हो । 


 

३ बर्ष अगाडि

प्रतिक्रिया