एनआईसी एशिया बैंकले कमायो ४.५३ अर्ब मुनाफा, प्रतिसेयर आम्दानी कति ?

३ बर्ष अगाडि

काठमाडौं - एनआईसी एशिया बैंक लिमिटेडले गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले गत आर्थिक वर्षमा खुद मुनाफातर्फ ४.५३ अर्ब आर्जन गर्न सफल भएकोे छ । जुन वार्षिक विन्दुगत आधारमा ३९ प्रतिशतको वृद्धि हो । 

यसैगरी बैंकको स्व–पूँजीमा प्रतिफल १९.६५ प्रतिशत रहेको छ । जुन २६ वटै वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकको छ । साथै, प्रतिसेयर आम्दानी ३९.१३ पैसा रहेको बैंकले जनाएको छ । 

कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई बैंकले निष्कृय कर्जालाई ०।४९ प्रतिशतमा सीमित राख्नसफल भएको छ । त्यसै गरी बैंकको कुल पूँजी पर्याप्तता अनुपात १३.५१ प्रतिशत पु¥याई पूँजी व्यवस्थापन तर्फ पनि उत्साहजनक नतिजा हासिल गर्न बैंक सफल भएको हो ।

बैंकले गत आर्थिक वर्षमा १२ लाख भन्दा बढी नयाँ खाताहरू थप गर्दै ४० लाख भन्दा बढी खाताहरू मार्फत ग्राहक महानुभावहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ । यसै अवधिमा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८६ प्रतिशत साना तथा मझौला र रिटेल कर्जाहरु कर्जा विस्तार गरेकोे छ । 

साना तथा मझौला कर्जा लगानीमा मुलुकका अन्य वाणिज्य बैंकहरू भन्दा यस बैंक अग्रणी स्थानमा रहेको बैंकको अनुमान रहेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया