काठमाडौं - ट्रेड टावरले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग अनुमति मागेका छन् । टावरले साढे ११ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासनको अनुमति माग गर्दै सेबोनमा निवेदन दिएको हो ।
सेबोनले अनुमति दिएमा टावरले १०० अंकित दरका कुल ११ लाख ५८ हजार ९८० कित्ता आईपीओ सर्वसाधारणलाई बिक्री गर्नेछ ।
ट्रेड टावरको आईपीओ बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ ।
प्रतिक्रिया