३९८१ जनाको परीक्षणमा ३९१ जनामा संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या २२ सय माथि

३ बर्ष अगाडि

काठमाडौं- पछिल्लो २४ घण्टामा ३९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा भएको २ हजार ५६२ पीसीआर परीक्षण गर्दा ३४० जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी, १ हजार ४१९ एन्टिजेन परीक्षण गर्दा ५१ जनामा कोरोना पुष्टि भएको हो ।

बुधबार कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।  

यस्तै, सोहि अवधिमा संक्रमण मुक्त हुनेको संख्या भने ४६ रहेको मन्त्रालयले जनाएको छ । हाल देशभरमा २ हजार २७६ जना सक्रिय संक्रमित छन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया