काठमाडौं- लुम्बिनी विकास बैंक र कुमारी बैंकले ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।
लुम्बिनी विकास बैंकले रु. १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि असार ३० गते धितोपत्र बोर्डमा निवेदन दिएको हो । कम्पनीले वार्षिक ११ प्रतिशत ब्याजदरमा १० वर्षसम्मका लागि ऋणपत्र निष्कासन गर्नका लागि धितोपत्र बोर्डमा निवेदन दिएको हो । विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
धितोपत्र बोर्डबाट ऋणपत्र निष्कासन गर्नका लागि स्वीकृती पाएपछि कम्पनीले कुल कित्तामध्ये ४ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने ६ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गर्नेछ ।
त्यसैगरी कुमारी बैंकले रु.३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि असार ३१ गते धितोपत्र बोर्डमा निवेदन दिएको हो । विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
धितोपत्र बोर्डबाट स्वीकृती पाएपछि कम्पनीले कुल ३० लाख कित्ता ऋणपत्रमध्ये १२ लाख कित्ता सर्वसाधारणको लागि विक्री गर्नेछ भने बाँकी रहेको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट विक्री गर्नेछ ।
प्रतिक्रिया