नेप्सेमा दुई कम्पनीको डेढ करोड बढी कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत, कुन कम्पनीको कति ?

३ बर्ष अगाडि

नेपाल स्टक एक्सेचञ्ज (नेप्से)मा आज दुई कम्पनीको डेढ करोड बढी कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

नेप्सेमा हाइड्रो इलेक्ट्रिसिटी एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) र आइएमई जनरल इन्स्योरेन्सको १ करोड ५७ लाख ७० हजार ३१०.२ कित्ता बोनस शेयर सूचीकृत भएको हो। जसमा एचआईडीसीएलको १ करोड ४९ लाख ६० हजार कित्ता र आइएमई जनरल इन्स्योरेन्सको ८ लाख १० हजार ३१०.२ कित्ता शेयर रहेका छन्। 

यी दुवै कम्पनीले आर्थिक वर्ष २०७७/७८ का लागि वितरण गरेको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ। उक्त आवमा एचआईडीसीएलले ८ प्रतिशत र आइएमई जनरल इन्स्योरेन्सले ७ प्रतिशत बोनस शेयर वितरण गरेका थिए। 

३ बर्ष अगाडि

प्रतिक्रिया