काठमाडौं- कुमारी बैंक लिमिटेडका ग्राहकले दाङको लमहीस्थित होटेल ए–१ लभली स्टारमा छुट पाउने भएका छन्। कुमारी बैंक र होटेल ए–१ लभली स्टारबीच छुट सम्बन्धमा समझारी भएको हो।
डिजिटल कारोबारमा ग्राहक आकर्षित भाइरहेको कुरालाई मध्यनजर गर्दै डिजिटल कारोबारमा ग्राहकलाई प्रोत्साहन गर्नका लागि कुमारी बैंकले यस सहकार्यमार्फत होटेल ए–१ लभली स्टारका विभिन्न सेवामा आकर्षक छुटको प्रावधान गरेको हो। बैंकका डेबिट तथा क्रेडिट कार्डवाहकले उक्त होटेलको लजिङ शुल्कमा १५प्रतिशत र फुडिङ शुल्कमा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्।
कुमारी बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १९१ एटीएम, ४८ शाखारहित बैंकिङ इकाइ तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएकोे छ।
प्रतिक्रिया