रावा इनर्जी डेभलपमेन्ट ८ लाख ४० हजार कित्ता आईपिओ निष्कासन गर्ने अनुमति माग्दै पुग्यो धितोपत्र बोर्ड

३ बर्ष अगाडि

काठमाडौं-  रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले आईपिओ निष्कासन अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । 

रावा इनर्जीले आयोजना प्रभावित स्थानीय र सर्बसाधारणका लागि गरि कुल ८ लाख ४० हजार कित्ता शेयर निष्कासन गर्न अनुमति माग गरेको हो । शेयर निष्कासनको लागि प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

कम्पनीले खोटाङ्ग जिल्लाको केपिलासगढी गाउँपालिकामा अवस्थित रावा खोलामा  ३ मेगावाट क्षमताको आयोजना निर्माण  कार्य सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको छ । त्यस्तै रावा खोलामा नै २.५ मेगावाटको अर्को आयोजना निर्माण गरिरहेको छ  । 

३ बर्ष अगाडि

प्रतिक्रिया