शिवम् सिमेन्टसहित यी १० कम्पनीको सर्वाधिक कारोबार, कुन कम्पनीको कतिको कारोबार गरे ?

३ बर्ष अगाडि

साताको चौथो कारोबारको दिन (बुधबार) शेयरबजारमा झिनो अंकले बढेको छ ।  आज नेपाल स्टक एक्सेचञ्ज (नेप्से) परिसूचक ४.८९ अंकले बढेर २०५०.५९ को विन्दुमा  पुगेको छ । 

आज नेप्सेमा सूचीकृत २१५ कम्पनीको ४१ लाख ३३ हजार ७०९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७३ करोडमाथिको कारोबार भएको छ ।

१ अर्ब ७३ करोडमाथिको कारोबार हुँदा सर्वाधिक शिवम् सिमेन्टको शेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १६ करोड ४२ लाख रुपैयाँमाथि कारोबार भएको हो ।

त्यस्तै, हिमालयन डिस्टिलरीको ७ करोड ३१ लाख, आइसीएफसी फाइनान्सको ५ करोड ३१ लाख, गोर्खाज फाइनान्सको ५ करोड २२ लाख र नेपाल पुनर्बीमा कम्पनीको ५ करोड २ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया