काठमाडौं- अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले ८७ करोड रुपैयाँबराबर आईपीओ निष्कासन गर्ने भएको छ ।
अप्पर स्याङ्गे नेपाल धितोपत्र बोर्ड (सेबोन)मा गत असार ३१ गते आईपीओ निष्कासनको अनुमति माग्दै निवेदन दिएको हो।
सेबोनले अनुमति दिएमा यो कम्पनीले १०० अंकित दरका कुल ८ लाख ७० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ। कम्पनीले स्थानीय र सर्वसाधारणका लागि दुई चरणमा आईपीओ जारी गर्नेछ।
अप्पर स्याङ्गेको आईपीओ बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ।
प्रतिक्रिया