काठमाडौं - वर्ल्ड कन्फेडेरेसन अफ बिजनेसको सबैभन्दा महत्वपूर्ण बिजनेस एक्सिलेन्स अवार्ड इन द वर्ल्ड ‘द बिज अवार्ड २०२२’बाट मुक्तिनाथ विकास बैंक लिमिटेड सम्मानित भएको छ ।
विभिन्न ६ विधा (व्यापारमा उत्कृष्टता, व्यापारमा अबल नेतृत्व, सेवाको गुणस्तर, सेवामा सिर्जनात्मक अभ्यास आदि) मा मूल्यांकन गरी उक्त संगठनले ‘द बिज अवार्ड २०२२’बाट मुक्तिनाथ विकास बैंकलाई सम्मानित गरेको हो ।
उक्त कार्यक्रमका आयोजनाकर्ता विश्वभरिका १३० वटा देशका ३ हजार ५०० भन्दा बढी व्यापार सदस्यहरुको प्रतिनिधित्व गर्दै आएको छ ।
मुक्तिनाथ विकास बैंकलाई सोही क्रममा ‘बिजनेस एक्सिलेन्स सर्टिफिकेट’ र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेललाई पनि ‘बिजनेस एक्सिलेन्स सर्टिफिकेटबाट उक्त संगठनले सम्मानित गरेको हो ।
यस सम्मानले भविष्यमा आफ्नो व्यापार प्रणालीमा अझ थप रणनीति बनाउन र ग्राहकका लागि नविनतम सेवाहरु ल्याउन उत्साहित बनाएको बैंकले जनाएको छ ।

प्रतिक्रिया