एजेन्सी - टेस्लाका सीईओ एलन मस्कविरुद्ध अमेरिकी अदालतले मुद्दाको सुनुवाइ तय गरेको छ । अमेरिकी अदालतले एलन मस्कविरुद्ध ट्विटर मुद्दाको सुनुवाइ अक्टोबरमा तय गरेको हो ।
एलन मस्कले यस मुद्दामा ढिलो सुनुवाइको माग गरेका थिए । उनले ट्विटर किन्न ४४ अर्ब डलरको सम्झौता गरेका थिए । पछि मस्कले यो सम्झौता तोड्ने घोषणा गरे ।
त्यसपछि सामाजिक सञ्जाल कम्पनी ट्विटरले सम्झौता पूरा गराउन माग गर्दै अदालत पुगेको थियो । अदालतले एलन मस्कलाई ५४।२० डलर प्रतिसेयरको निश्चित मूल्यमा अधिग्रहण पूरा गर्न आदेश दिने ट्विटरको अपेक्षा छ ।
एलन मस्कले ट्विटरले नक्कली अकाउन्टको जानकारी लुकाएको आरोप लगाएका छन् ।
प्रतिक्रिया