काठमाडौं - मनासलु वर्ल्ड कलेज चाबहिल चुच्चेपाटी ले राष्ट्रिय अनलाइन पत्रकार संघ को सिफारिसमा बिपन्न तथा जेहेन्दार बिद्यार्थी लाई पुर्ण रुपमा निशुल्क अध्यापन गराउन सहमत भएको छ । राष्ट्रिय अनलाइन पत्रकार संघ र मनासलु कलेज बिच आज भएको संझौता मा यो सहमति भएको हो ।
श्रमजीवी पत्रकार हरु तथा उनिहरुका परिवार ले बेहोर्नु परीरहेको हरेक समस्यालाई सहजीकरण गर्न राष्ट्रिय अनलाइन पत्रकार संघ ले कलेज, अस्पताल लगाएतको क्षेत्रमा पत्रकार लाई दिने सेवा सुबिधा सम्बन्धि सम्झौता हरु गर्दै आएको छ ।
यस अघिपनी नोजा ले समाज डेन्टल अस्पताल र ग्रीन सीटी अस्पताल संग पत्रकार हरुको लागि सहज रुपमा उपचार गराउने बिषयमा सम्झौता भएको थियो ।
प्रतिक्रिया