काठमाडौं - आज प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ ।
अघिल्लो कारोबारको दिन मंगलबार १६.२७ अंक बढेर २०४५.६९ विन्दुमा बन्द भएको नेप्से, आज उक्त सेसनमा ०.५१ अंक बढेर २०४६.२१ विन्दुमा पुगेको छ ।
उतm सेसनमा सेन्सेटिभ इण्डेक्स ०.१६ अंक बढेको छ । आज प्रि ओपन सेसनमा ५ स्टकको १ लाख ६० हजार ९१७ रुपैयाँ बराबरको ४८४ कित्ता शेयर खरिदबिक्री भएको छ ।
सोमध्ये ४ स्टकको मूल्य बढेको छ भने १ स्टकको मूल्य घटेको छ ।
प्रतिक्रिया